• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ७. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ८. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ९. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

अलैँचीबाट आत्मनिर्भर बन्दै माछापुच्छ्रे गाउँपालिका

  •   सोमबार, मङि्सर ०५, २०७९ मा प्रकाशित

पोखरा – कृषिका लागि निकै उर्बर मानिने कास्कीको माछापुच्छ्रे गाउँपालिकाका किसान अहिले अलैँचीमा आत्मनिर्भर हुँदैछन् । नगदेबाली अलैँचीखेतीले राम्रो प्रतिफल दिन थालेपछि यसतर्फ स्थानीयको आकर्षण बढेको हो ।

माछापुच्छ्रे–८ कोलेलीका कृषक नरेशराज लामिछानेले करिब ७० रोपनी जग्गामा व्यावसायिकरुपमा अलैँची खेती गर्न थालेका छन । ज्योति अर्गानिक कृषि फर्मका सञ्चालकसमेत रहनुभएका लामिछाने भने, “अन्य बालीभन्दा अलैँचीबाट राम्रो मुनाफा भएपछि यसतर्फ ध्यान जान थाल्यो ।” उनले सेपिलो बाँझो जग्गामा अलैँचीखेती हुनेहुँदा खेर गएको जग्गाको उपयोग भएको बताए ।

स्थानीय किसानले २०५०÷५१ सालतिर अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मार्फत इलाम र ताप्लेजुङ भ्रमणमा गएको बेला त्यहाँबाट अलैँचीको रामसाइँ र गोलसाइँ जातका केही बेर्ना ल्याएर रोपेका थिए । यसले राम्रो उत्पादन दिएपछि स्थानीयवासी अलैँचीको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका हुन् । त्यतिबेला रोपेको अलैँचीको बेर्नाले अहिलेसम्म पनि फल दिइरहेको छ । एकचोटीको लगानी र मेहनतको प्रतिफल लामो समयसमम पाइने भएकाले पनि किसानको रोजाइमा पर्दै गएको उहाँ बताउछन ।

लामिछानका अनुसार पछिल्लो समय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट अलैँची क्षेत्र कार्यक्रममार्फत अनुदान प्राप्त हुन थालेपछि यस क्षेत्रका किसानको रुची अझ बढेको हो । परियोजनाको अनुदानमा उक्त क्षेत्रमा ११ वटा अलैँची सुकाउने आधुनिक भट्टी पनि निर्माण गरिएको छ ।

त्यसैगरी पोखरा–२५ हेम्जाका भुवनेश्वर पौडेलले पनि अहिले माछापुच्छ्रे गाउँपालिका–६ धिताल गाउँमा व्यावसायिक अलैँची खेती सुरु गर्नुभएको छ । सरकारी सेवाबाट अवकास लिएपछि कृषि कर्ममा लाग्नुभएका पौडेल अहिले अलैँची खेतीबाट निकै उत्साहित हुनुहुन्छ । माछापुच्छ्रे एग्रो सेन्टर प्रालिका अध्यक्षसमेत रहनुभएका पौडेलले सुरुमा परीक्षणका लागि करिब सात रोपनी क्षेत्रफलमा मात्र अलैँची लगाएको र उत्पादन राम्रो भएपछि क्षेत्र विस्तार गरेर व्यावसायिक खेती गरेको बताउनुहुन्छ । उन भने, “लगाएको दुई वर्षमा नै एक क्विन्टल बढी अलैँची उत्पादन भयो, यसले हामीलाई उत्साहित बनायो ।”

विसं २०७५ मा करिब एक सय ६० रोपनी जग्गा खरिद गरी कृषि कर्मको बाटोमा लाग्नु भएका पौडेलले ६० रोपनी क्षेत्रफलमा अलैँची खेती गरेका छन । उनले अहिले क्षेत्र विस्तार गरेर थप एक लाख अलैँचीका बेर्ना रोप्नु भएको छ । यसबाहेक कालिज, स्थानीय जातका कुखरा, एभोगाडो, जापानिज कडुस पनि उनको फर्ममा देख्न सकिन्छ ।

माछापुच्छ्रे मर्दी खोला अलँैची ब्लक क्षेत्र सञ्चालक समितिका अध्यक्ष दिपक पौडेलले उत्पादित अलैँची ब्लकको समन्वयमा बिर्तामोड केन्द्रमा लगेर बिक्री गरिने बताए । उनका अनुसार गाउँपालिकाको वडा नं २, ६, ७, ८ र ९ का स्थानीयवासीले व्यावसायिकरुपमै अलैँची खेती गरेका छन् भने बाँकी वडाका किसानले पनि चासो राख्न थालेका छन् ।

यस्तै मादी गाउँपालिकाको वडाहरु १,२,३, ८, १० र ११, अन्नपूर्ण गाउँपालिकाको वडा १, ३,४, ७, १० र ११ तथा पोखरा महानगरपालिकाको वडा नं १६ र १९ मा अलैँची क्षेत्रसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ ।

अहिले गाउँपालिकाबाट मात्रै करिब २५ हजार केजी उत्पादन भएको छ । गाउँपालिकाले अलैँचीबाट वार्षिक रु दुई करोड ५० लाख भित्र्याएको पौडेलले बताए । गाउँपालिकाका केही वडा अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने भएकाले वन क्षेत्रमा रुखका हाँगाबिँगा छिमल्दा पनि संरक्षण क्षेत्रबाट समस्या हुने गरेको किसानहरुको गुनासो छ । अलैँची क्षेत्रलाई ध्यान दिएर एक्यापले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ ।

अलैँचीले रोपेको तीन वर्षबाट उत्पादन दिन थाल्छ । अघिल्लो वर्ष रु ११ सय प्रतिकेजीमा बिक्री भएको अलैँची अहिले केही मूल्य घटेकाले उचित मूल्यको पर्खाइमा किसान रहेका छन् । भारतीय व्यापारीले अलैँचीको मूल्य निर्धारण गर्ने र त्यसै आधारमा खरीद बिक्री हुने हुँदा मूल्य घटबढ भइरहने हुन्छ ।

पछिल्लो समय नेपालबाट निर्यात हुने वस्तुमा अलैंँची पनि पर्न थालेको छ । विदेशबाट ठूलो मात्रामा ल्वाङ, सुकमेलजस्ता मसलाजन्य सामग्री आयात गर्छ । यस भेगमा उत्पादन हुने अलैँचीलाई पनि निर्यात गर्न सके विदेशी मुद्रा आर्जन गर्न सहज हुने गाउँपालिका–८ का अध्यक्ष रामबहादुर गुरुङ बताउछन । गाउँलाई कृषिमै आत्मनिर्भर बनाउन ज्ञान केन्द्र र गाउँपालिकाको सहयोगमा वडाका किसानलाई आलुको विऊ पनि निःशुल्क वितरण गरेको उनले जानकारी दिए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका परियोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख वरिष्ठ कृषि अधिकृत रोशन अधिकारी कास्कीका माछापुच्छ्रे, अन्नपूर्ण र मादी गाउँपालिका विभिन्न वडामा अलैँची खेतीलाई अनुदान दिइएको र त्यसको प्रतिफल पनि राम्रो पाइएको बताउछन ।

उन भने, “माछापुच्छ्रे« गाउँपालिमा अलैँचीको व्यावसायिक खेती निकै राम्रो छ, किसानले उत्साहित रुपमा व्यक्तिगत र समूहमा गरेर अलैँची खेती गरेका छन् ।” उनले क्रमशः अलैँची खेतीको क्षेत्र विस्तार भएकाले आगामी दिनमा उत्पादन बढ्ने र गाउँ अलैँचीबाटै आत्मनिर्भर हुने अवस्थामा रहेको उल्लेख गरे ।

उनका अनुसार अनुदानबाट सिँचाइ र अलैँची सुकाउने आधुनिक भट्टी निर्माणमा ८५ प्रतिशत अनुदान उपलब्ध गराइएको छ भने क्षेत्र विस्तार कार्यक्रम, चक्लाबन्दी, उपकरण, नर्सरी, अलैँचीको बेर्नालगायतमा ५० प्रतिशत अनुदान दिने गरिएको छ ।

  • गाउँपालिका
सोमबार, मङि्सर ०५, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.