धनगढी- कैलाली निर्वाचन क्षेत्र नम्बर -५ को मतगणना सुरु हुन नसक्दा मतगणना स्थल बाहीर आन्दोलन तथा नाराबाजी सुरु भएको छ ।
अहिले धनगढीको स्वास्थ्य तालिम केन्द्र अगाडी बिभीन्न राजनितीक दलका नेता कार्यकर्ताहरु चर्को नारा बाजी गरीरहेका छन् । मतगणना रोक्न पाइदैन, प्रमुख निर्वाचन अधिकृत होसियार, जनताको मतको सम्मान गर भन्दै उनीहरुले आन्दोलन गरीरहेका छन् ।

यहाँका मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल बिरामी परेपछि मतगणना अनिश्चित भएको छ ।














