धनगढी- कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० को कार्यालयमा तालाबन्दी गरिएको छ। नगरपालिकाले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा विक्री वितरण अहिलेसम्म खुला नगरेको भन्दै ट्याक्टर व्यवसायी, निर्माण व्यवसायी र मजदुरहरूले वडा कार्यालयमा तालाबन्दी गरेका हुन्।
ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा विक्री वितरण खुल्ला नगर्दा आफूहरूको रोजी रोटी रोकिएको उनीहरूले बताएका छन्। नगरपालिकाले ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा विक्री वितरण गर्ने जिम्मा निर्माण कम्पनीले ठेक्का प्रकृयामार्फत पाइसकेको र केही दिनमै खुल्ने जनाएको छ।














