काठमाडौं – लागूऔषधसहित दुई जनलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बालकुमारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम, मोबाइल ३ थान र नगद ९ हजार रूपियाँसहित फक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा महोत्तरी जलेश्वर नगरपालिका–१ घर भई हाल काठमाडौं माहनगरपालिका–३२ जडिबुटी बस्ने १९ वर्षीय विकास साह र अर्का एक जनालाई २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।














