धनगढी । कञ्चनपुरमा एक युवा मृत फेला परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–११ मा एक युवा मृत फेला परेका हुन् ।
स्थानीय ३५ वर्षीय हरि भनिने मानबहादुर कार्की नालामा मृत फेला परेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका सई मोहन बहादुर सिंहले जानकारी दिए ।
गए राति करिब साढे ६ बजेतिर उनी घरबाट निस्किएका उनको टाउकोमा कोतरिएको घाउ देखिएको छ। शव पोष्टमार्टमका लागि धनगढीस्थित सेती अस्पतालमा पठाइएको छ।













