धनगढी- धनगढीमा नक्कली नोटसहित भारतीय नागरिक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१ पशुपती टोलबाट ५ सय दरका ९ थान नक्कली नोटसहित एक जना पक्राउ परेका हुन् ।
भारत पलिया बस्ने ३६ वर्षीय ब्रिजेस गुप्तालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो। पशुपति टोलस्थित जय श्री चण्डिका ट्रेडस एण्ड सप्लायर्समा रक्सी खरिद गर्न भनि आएका उनले उक्त नक्कली नोट ल्याएको भन्ने जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














