जुम्ला- जुम्ला प्रहरीले लागुऔषध व्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित २ युवालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले ब्राउन सुगरसहित २ युवा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक धर्मराज जोशीले बताए।
तातोपानी गाउँपालिका- ८ घर भई हाल चन्दननाथ नगरपालिका-६ बसपार्कमा कोठा डेरा लिई बस्ने अन्दाजी २० वर्षीय रोशन शाही र चन्दननाथ नगरपालिका-६ बस्ने अन्दाजी २० प्रवीन रावललाई शुक्रवार नियन्त्रणमा लिएको हो ।













