धनगढी – कैलालीमा जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको कैलारी गाउपालिका(३ बस्ने छोटेलाल चौधरीलाई बुधवार साँझ ५ बजे प्रहरी सहायक निरिक्षाक मदन राज उपाध्यायको कमाण्डमा खटिएको विशेष प्रहरी टोलिले घर नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला अदालत कैलालीले चौधरीलाई २०७६/११/५ गते जबरजस्ती करणी मुद्दामा ६ वर्ष ११ महिना कैद सजाय सुनाएको थियो। उनलाई बिहीबार जिल्ला अदालत कैलालीमा बुझाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।














