• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०१, २०८३
☰
बिहिबार, असोज ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ४. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ५. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ६. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ७. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ८. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • ९. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • १०. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

तपोवनको लगानी सेतीमा स्वाहा

  •   मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित

बझाङ- तातोपानीका कारण प्रख्यात बझाङको धार्मिक एवं पर्यटकीय स्थल तपोवन क्षेत्रमा सरकारले बर्सेनि गर्दै आएको लगानी खेर गएको छ। सदरमुकाम चैनपुरबाट नजिकै रहेको तल्कोट गाउँपालिका–१ मा रहेको तपोवन क्षेत्रको विकासका लागि स्थानीय सरकार र प्रदेश सरकारले बर्सेनि बजेट विनियोजन गरेर भौतिक पूर्वाधार निर्माण गर्दै आएको छ। यद्यपि सेती नदीमा बर्सेनि आउने बाढीले क्षति पु¥याउने गरेको छ।

बझाङको प्रमुख पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित सो क्षेत्रमा स्थानीय र प्रदेश सरकारले बजेट विनियोजन गर्दै आइरहेका छन्। आर्थिक वर्ष २०७६/७७ मा डिभिजन वन कार्यालय बझाङको समन्वयमा सुदूरपश्चिम प्रदेश सरकारको पर्यटन विकास मन्त्रालयमार्फत ६० लाख बजेट विनियोजन गरेको थियो। सो ठेक्का घटिघटाउमा ३० लाखमा जयलक्ष्मी निर्माण सेवाले पायो। ठेक्का पाएको कम्पनीले काम पूरा ग¥यो तर गएको वर्ष आएको बाढीले सेती नदीको किनारामा रहेको संरचना बगाएर लग्यो।

सेती नदीको किनारमा तातोपानीका ज्वाला छन्। सो तातोपानीलाई एकीकृत गरी मोटर जडान गरेर सोलार सिस्टमबाट माथि पोखरीमा तान्ने योजना सफल भएन। ठेकदार कम्पनीका चक्रबहादुर बोहराले सम्पूर्ण काम पूरा गरेको तर निर्माण कार्य पूरा भएको केही समयपछि बाढीले भत्काइदिएपछि सो पानी तान्ने काम सफल नभएको बताए ।

उनले भने, ‘पानी मोटर जडान गरेर निर्माण गरिएको पोखरीसम्म पानी तानेको पनि हो। पानी तानेको तीन÷चार दिनपछि लगातार वर्षाका कारणले सेती नदीमा बाढी आएर गरेका धेरै काम बाढीले बगायो।’ ठेकेदार कम्पनीका बोहराले काम पूरा गरेको र पानी तान्ने मोटर पनि जडान गरेको भने पनि यहाँका स्थानीयवासीले भने मोटर जडान नगरेको बताउँदै आएका छन्।

स्थानीय गोपाल कुँवरले भने, ‘यसमा स्थानीय सरकारले चासो दिनुपर्ने थियो। स्थानीयलाई यसको संरक्षण गर्ने जिम्मा तथा रेखदेख गर्ने जिम्मा दिनुपर्ने थियो। त्यस्तो गरेको हामीले पाएनौँ।’ ठेकेदार कम्पनी र डिभिजन वन कार्यालयले समेत सरोकार नराखेका कारण यस्तो हालत भएको स्थानीयवासीको आरोप छ। सो ठाउँमा राखिएका सोलारपाता सबै फुटिसकेको अवस्थामा छन्। ती सोलारका पाताहरू कवाडीलाई पनि काम नलाग्ने अवस्थाका छन्। लाखौँ रुपियाँको लगानीप्रति सरोकारवाला निकायको ध्यान भने पुग्न सकेको छैन।

पटकपटक स्थानीय सरकार, प्रदेश सरकारले लगानी गर्ने तर प्रतिफल भने नहुने गरेको यस्तो लगानीको कुनै औचित्य नरहेको यहाँका स्थानीयवासीको बुझाइ छ। हालसम्म स्थानीय सरकारदेखि प्रदेश सरकारले झन्डै दुई करोडभन्दा बढी लगानी यस क्षेत्रमा गरेको पाइन्छ।

भौतिक संरचना पनि निर्माण भएका छन् तर तातोपानीको संरक्षण र दिगो हुने योजना निर्माण नगर्दा सरकारको लगानी खेर गएको स्थानीयवासीको भनाइ छ। स्थानीय कुवेरबहादुर थापाका अनुसार तत्कालीन गाविस हुँदा खेरी जिल्ला विकास समितिबाट पाँच लाख बजेट विनियोजन भएको थियो।

यस्तै स्थानीय सरकार बनेपछि २०७४ सालपछि ५० लाख, २० लाख, १५ लाख र सङ्घ सरकारबाट प्रदेश पर्यटन विकास मन्त्रालयबाट ६० लाख आएको थियो। तपोवनमा विवाह, व्रतबन्ध, काजकिरिया हुने गर्छन्। ठाउँठाउँमा तातोपानीका ज्वाला रहेको तातोपानीमा नुहाउँदा चर्म रोग, बाथ रोग तथा अन्य छालासम्बन्धी रोग निको हुने गरेको स्थानीयवासीको भनाइ छ। गोरखापत्रबाट

  • तपोवन
मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड
चौध सय खानेपानी योजना सम्पन्न,पाँच लाख ७१ हजार जनसङ्ख्या लाभान्वित
धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने
सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै
आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै
आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट

समाचार

सबै

मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

चौध सय खानेपानी योजना सम्पन्न,पाँच लाख ७१ हजार जनसङ्ख्या लाभान्वित

धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

चौध सय खानेपानी योजना सम्पन्न,पाँच लाख ७१ हजार जनसङ्ख्या लाभान्वित

धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ४.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ५.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

  • ६.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.