रोल्पा – रोल्पामा मंगलबार भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । सुनछहरी गाउँपालिका–५ कालिहाङमा बिजुलीको तार तान्ने क्रममा भीरबाट खसेर र पोवाङका ४२ वर्षका हिकलाल पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनाको बारेमा अनुसन्धान भइरहेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।













