धनगढी । भारतमा कैलालीका एक युवकको हत्या भएको छ । महाराष्ट्र स्थित आलिबागमा लम्कीचुहा नगरपालिका– ६ का १८ वर्षीय कमल बिकको हत्या भएको हो। पुस २६ गते उनको साथीहरूले हत्या गरेको भन्दै आमा पार्वतीले न्यायको माग गरेकी छन्।
पार्वतीले कमलका ४ जना साथीविरुद्ध माघ १ गते महाराष्ट्र राईगढस्थित आलिबाग थानामा उजुरी दिएकी छन्। उनीहरु सबै होटलमा काम गर्दै आएका थिए।














