भक्तपुर – भक्तपुरको लोकन्थलीमा बसभित्र तास खेलिरहेका चार जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको मध्यपुर थिमि नगरपालिका-१ लोकन्थली सिद्धार्थ पेटोल पम्प पछाडि पार्किङ गरिराखेको सैलुगेश्वरी काठमाडौं चल्ने बा ३ ख ३६५६ नम्बरको बसभित्र तास खेलिरहेका उनीहरूलाई पक्राउ गरेको भक्तपुर प्रहरीले जनाएको छ।
भक्तपुर प्रहरी परिसका प्रमुख एसपी प्रजित केसीले उनीहरूको साथबाट ७१ हजार नगद र एक बुक तास पनि पक्राउ गरेको बताए।













