• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

देवल बन्यो, चक्र तलै पर्‍यो

  •   बुधबार, माघ १८, २०७९ मा प्रकाशित

बैतडी- बैतडीको पञ्चदेवल विक्रम संवत् १९९० को भूकम्पले नै भत्किएको हो। लामो समयसम्म राज्यको चासो नपुगेको पञ्चदेवलको पुनर्निर्माण एक दशकअघि पुरातत्व विभागले ठेक्कामार्फत गरेको थियो। यद्यपि त्यो बेला पुनर्निर्माण गर्दा पुरातात्त्विक महत्त्वको ढुङ्गे चक्र भुइँमै छाडियो, जुन अहिलेसम्म सोही अवस्थामा छ।

हुलाक सेवा विभागले हालै प्रकाशन गरेको पञ्चदेवल अङ्कित हुलाक टिकटमा दुईवटा देवलको टुप्पोमा चक्र देख्न सकिन्न। यहाँ सातवटा देवल भए पनि टिकटमा छवटा मात्रै देवल राखिएका छन्। दशरथचन्द नगरपालिका–४, देवलहाटमा सातवटा देवल भए पनि नाम भने पञ्चदेवल रहेको स्थानीय ८३ वर्षीय वीरबहादुर चन्दले बताए ।

किंवदन्तीअनुसार पाण्डवकालीन समयमा एकै रातमा सातवटा देवल बनेको कथन छ। सातौँ देवल पूरा गर्ने बेलामा बिहानीपख उज्यालो भएपछि एउटा देवल अधुरै छाडिएको किंवदन्ती रहेको छ। शिखर वास्तुशैलीमा निर्मित पञ्चदेवलका खाँबो, ढोका, दलान र छतमा सुर्कीको प्रयोग गरेर टुप्पोमा ढुङ्गाकै चक्र कुँदेर राखिएको छ।

वि.सं. १९९० मा भूकम्प जाँदा दुईवटा चक्र भुइँमा खस्दा देवलभित्रबाट ढालरतरबार, चाँदी र काँसका भाँडाकुँडा भेटिएको जानकारी पाएको स्थानीय उद्धव मार्कण्डले बताए । त्यसपछि करिब एक दशकअघि पुरातत्व विभागले देवलको पुनर्निर्माण गर्दा माटोको भाँडामा धान र सुनचाँदीसमेत भेटिएको उनले बताए । फेला परेका ऐतिहासिक वस्तु पञ्चदेवलमा सुरक्षित राखिए पनि सङ्ग्रहालय नहुँदा पुरातात्त्विक वस्तुको संरक्षण हुन नसकेको उनले भनाइ छ।

एक दशकअघि देवलको पुनर्निर्माण गर्ने बेलामा पञ्चदेवलसम्म पुग्ने सडक बाटो थिएन। त्यो बेला चैनपुल्लीले पञ्चदेवलको ढुङ्गे चक्र उठाएर देवलको माथि राख्न नसकिएको स्थानीयले बताएका छन्। जानकार वीरबहादुर चन्दका अनुसार बैतडीस्थित नेपाली सेना, प्रहरी र स्थानीय बासिन्दा मिलेर पनि चक्र उठाएर देवलमाथि राख्न नसकेपछि त्यतिकै छाडिएको थियो।

नेपाल सरकार, सूचना तथा प्रविधि मन्त्रालयको हुलाक सेवा विभागले पञ्चदेवल अङ्कित हुलाक टिकट प्रकाशन गर्दा चक्रबारे ध्यान पु(याउन नसक्दा चक्रबिनाकै हुलाक टिकट बजार आउन पुगेकामा त्यति खुसी नलागेको चन्दले बताए । स्थानीय सरकार उदासीन पुरातात्त्विक महत्त्व बोकेको पञ्चदेवल हुलाक टिकटमा प्रकाशन हुँदा पनि स्थानीय सरकारले भने देवलको संरक्षण, फेला परेका वस्तु राख्ने सङ्ग्रहालय, देवलसम्म पुग्ने स्तरीय बाटो निर्माणमा कुनै चासो नदिएको स्थानीयले बताएका छन्।

जिल्ला सदरमुकाम बैतडीबाट करिब दुई किलोमिटरभित्र देवहाट गाउँमा रहेको पञ्चदेवलको प्रचारप्रसार हुन नक्सदा यहाँ बाह्य पर्यटक खासै नआएको स्थानीय हरिदत्त भट्टले बताए । स्थानीय तह र प्रदेश सरकारले पञ्चदेवलसँगै रहेको बस्तीलाई होमस्टेका रूपमा विकास गर्न आवश्यक सहयोग गरेमा पञ्चदेवल हेर्न आन्तरिक तथा बाह्य पर्यटक आउने स्थानीयले अपेक्षा गरेका छन्। गोरखापत्रबाट

  • देवल बन्यो
बुधबार, माघ १८, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.