धनगढी- कैलालीमा चित्तलको छालासहित एक जना पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका–५ देउकलिया बाट प्रहरीले चित्तलको छाला सहित एक जनालाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी लक्ष्मण बहादुर शाहीको नेतृत्वको टोलीले चित्तलको छाला सहित सोही ठाउँका ५४ वर्षिया खेमराज सापकोटालाई पक्राउ गरेको जनाएको छ ।
विशेष सूचनाको आधारमा उनलाई मंगलबार राति १० बजे उनको घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी लक्ष्मण बहादुर शाहीले बताए । उनलाई डिभिजन वन कार्यालय पहलमानपुर पठाइएको छ ।













