धनगढी- कैलालीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । चुरे गाउँपालिका वडा नम्बर ४ स्थित पनेरुवा शिविरका ४८ वर्षीय जब्बर रोक्कामगर भरुवा बन्दुकसहित पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी समूहले उनको साथबाट भरुवा बन्दुक फेला पारेको हो । बिहीवार उनलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।














