धनगढी – कैलालीमा बाघको छालासहित दुई जना पक्राउ गरेका छन् । गोदावरी नगरपालिका– २ बसपार्कबाट बाघको छालासहित अछाम चौरपटी गाउँपालिका ५ बस्ने १८ वर्षीय सुनिल बोहरा र सोही स्थान बस्न १९ वर्षीय सुवाश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरूलाई वन्यजन्तु ओसारपसार कसुरमा आवश्यक कारबाही हुने प्रहरीले जनाएको छ ।














