काठमाडौँ – कोरोना भाइरसविरुद्धको फाइजर बायोएनटेक खोप नेपाल आइपुगेको छ । सोमबार कतार एयरलाइन्सबाट ३ लाख ४५ हजार ६ सय डोज खोप अनुदानमा नेपाल ल्याइएको हो ।
कोरोना संक्रमण पछिल्लो समय कम हुँदै गएको छ । तर जोखिम कायमै रहेको भन्दै सरकारले खोप लगाएर ढुक्क रहन नागरिकलाई आग्रह गरेको छ ।














