काठमाडौं- नेपाल प्रहरीको साइबर ब्यूरोले ‘भाइरलम्यान’ डिल्लीराम खनाललाई पक्राउ गरेको छ । प्रहरीले उनलाई बिहीबार दिउँसो नै काठमाडौं बानेश्वरबाट नियन्त्रणमा लिएको हो ।
केही दिन अघि युट्यूव अन्तर्वार्तामा आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेत्री करिश्मा मानन्धरले उनीविरुद्ध उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिइएको साइबर ब्यूरोका प्रहरी निरीक्षक राजकुमार खड्गीले जानकारी दिए ।
खनाललाई जिल्ला अदालतमा म्याद थप्नका लागि लगिएको ब्यूरोले जनाएको छ । खनाल पछिल्लो समय यूटयुवमा चर्चित छन् ।













