• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०१, २०८३
☰
बिहिबार, असोज ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ४. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ५. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ६. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ७. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ८. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • ९. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • १०. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

महाकाली करिडोरमा रूख काट्न नपाउँदा ट्र्याक खोल्न ढिलाइ

  •   आइतबार, फागुन १४, २०७९ मा प्रकाशित

दार्चुला- ४२५ किलोमिटर लामो पश्चिम तराईलाई त्रिदेशीय हिमाली क्षेत्र टिंकर नाकासँग जोड्ने महाकाली करिडोर सडक खण्डमा पर्ने वन क्षेत्रका रूख कटानको अनुमति नपाउँदा ट्र्याक खोल्न समस्या देखिएको छ । ठेक्का लागेर पनि लामो समयदेखि करिडोरमा पर्ने कञ्चनपुर र डडेलधुरमा रूख कटानको अनुमति नपाउँदा ट्र्याक खोल्न ढिलाइ भएको छ । सडक निर्माण गरिने क्षेत्रमा रूख कटानको अनुमति पाउन ढिलाइ हुँदा सडक निर्माणमा समस्या भएको महाकाली करिडोर सडक योजना प्रमुख लक्ष्मणदत्त जोशीले बताए ।

करिडोरअन्तर्गतका सबै क्षेत्रमा ट्र्याक निर्माण गर्ने ठेक्का सम्झौता भइसकेको छ । तर वन क्षेत्रमा रूख कटानको अनुमति पाउन ढिलाइ भएकाले सडक निर्माण अघि बढ्न सकेको छैन । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार सडक निर्माणका लागि काट्नुपर्ने रूखको संख्या यकिन गर्ने, पुष्टि गर्ने, छपान गर्ने र कटानका लागि अनुमति दिने काममा लामो समय लाग्ने गरेको योजना प्रमुख जोशीको भनाइ छ ।

सडक निर्माणमा वन क्षेत्रबाट १९ हजार ६६ रूखहरू कटान हुने महाकाली करिडोर सडक योजना कार्यालयले जनाएको छ । सडक विभाग र वन विभागबीच गत वैशाखमा भएको सम्झौताअनुसार सबैभन्दा बढी बैतडीमा १० हजार ४ सय ७६ रूख कटान हुनेछन् । डडेलधुरामा ४ हजार ५ सय ९६ र दार्चुलामा २ हजार ४३ रूख कटान हुनेछन् । कञ्चनपुरमा १ हजार ९ सय ५१ वटा रूख काटिने जनाइएको छ ।

केही ठाउँमा रूख कटानको अनुमति दिए पनि प्रगति न्यून देखिने भएको छ । दार्चुला र बैतडीमा मात्र पूर्ण रूपमा रूख कटानको अनुमति पाएको महाकाली करिडोर सडक योजनाले जनाएको छ । तर फागुन मसान्तसम्म रूख कटान गरिसक्नुपर्ने समय दिएकाले ट्र्याक नखोलिएको ठाउँमा काम गर्न अप्ठ्यारो रहेको सडक योजना कार्यालयका सूचना अधिकारी योगेन्द्र अधिकारीले बताए ।

फागुन ३ मा दार्चुला र बैतडी क्षेत्रमा पर्ने सडक खण्डमा रूख कटानको अनुमति प्राप्त भएको छ । ‘फागुन मसान्तसम्म सबै ठाउँमा सडकको ट्र्याक खोल्न नसकिने हुनाले रूख कटान यस वर्ष सकिने अवस्था छैन । रूख काटेर त्यत्तिकै फाल्न मिलेन । व्यवस्थापन गर्नुपर्ने भएकाले समय लाग्छ,’ उनले भने । यसका लागि छोटो समय मिलेको उनको भनाइ छ ।

करिडोरको दार्चुलामा दुई हजार ४३ वटा रूख कटान गर्न अनुमति प्राप्त भएको छ । माघ १६ मा वन विभागबाट अनुमति पाएपछि धरमघरदेखि अम्तोलासम्मको क्षेत्रमा सडक निर्माण गर्न बाटो खुलेको अधिकारीले जनाए । करिडोरअन्तर्गत दार्चुलामा ३७ किमि लामो ट्र्याक खोल्न बाँकी रहेको योजनाले बताएको छ । सडक निर्माणका लागि दार्चुलामा ६२।२ हेक्टर वन क्षेत्रको जमिन प्रयोग गर्न लागिएको छ । डिभिजन वन कार्यालय दार्चुलाले तयार गरेको लगतअनुसारका रूख कटान गर्न बाटो खुलेको अधिकारीको भनाइ छ ।

गत वर्षदेखि नै महाकाली करिडोर क्षेत्रमा पर्ने रूख कटान गर्न पहल गरिएको महाकाली करिडोर सडक योजनाका प्रमुख जोशीले बताए । सडक विभाग र वन विभागबीच दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर जिल्लाको सडक निर्माण क्षेत्रमा पर्ने रूख कटान गर्नेबारे ०७८ वैशाखमा लिखित सहमति भएको थियो । यसअनुसार दार्चुला र बैतडीमा पूर्ण रूपमा रूख कटानको अनुमति मिलेको छ । डडेलधुरा र कञ्चनपुरमा आंशिक अनुमति मिलेको छ ।

डिभिजन वन कार्यालयको समन्वयमा रूख काटिने तथा काटिएका काठ र दाउरा लिलाम बिक्री गरी राजस्वमा दाखिला गरिने जनाइएको छ । वन ऐन ०७६ को दफा ४२ र राष्ट्रिय प्राथमिकता प्राप्त योजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिनेसम्बन्धी मापदण्डसहितको कार्यविधि ०७६ अनुसार रूख कटान गरी सडक निर्माणका लागि वन क्षेत्र उपलब्ध गराउन लागिएको डिभिजन वन कार्यालय दार्चुलाले बताएको छ ।

बैतडीमा २३ किमि लामो सडक निर्माण क्षेत्रमा रूख कटानको सहमति प्राप्त भएको सडक योजना कार्यालयले बताएको छ । करिडोरअन्तर्गत बैतडीमा १४१ किमि सडक खण्ड पर्छ । डडेलधुरामा ५८ किमिमध्ये १४ किमि लामो वन क्षेत्रमा रूख कटानको अनुमति प्राप्त भएको छ । अझै ४४ किमि सडक खण्डको विभिन्न ठाउँमा रूख कटानको अनुमति मिलेको छैन । कञ्चनपुरमा पर्ने ११ किमि लामो क्षेत्रमा रूख कटानको अनुमति पाउन बाँकी रहेको महाकाली सडक योजनाले बताएको छ ।

तराई–हिमाल जोड्ने यो करिडोर सडकको ९१ किमि दार्चुला–टिंकर सडक खण्डमा नेपाली सेनाले ट्र्याक खोलिरहेको छ । बाँकी ३३४ किमि सडक खण्डमा करिडोर सडक योजनाले ट्र्याक खोल्ने र सडक स्तरोन्नतिको काम पनि गरिरहेको छ । सडक योजनाको क्षेत्रमा ११९ किमि ट्र्याक खोल्न बाँकी छ । नेपाली सेनाले ९१ किमिमध्ये साढे ८ किमिमा ट्र्याक खोलेको छ । कान्तिपुरबाट

  • महाकाली करिडोर
आइतबार, फागुन १४, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड
चौध सय खानेपानी योजना सम्पन्न,पाँच लाख ७१ हजार जनसङ्ख्या लाभान्वित
धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने
सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै
आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै
आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट

समाचार

सबै

मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

चौध सय खानेपानी योजना सम्पन्न,पाँच लाख ७१ हजार जनसङ्ख्या लाभान्वित

धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

चौध सय खानेपानी योजना सम्पन्न,पाँच लाख ७१ हजार जनसङ्ख्या लाभान्वित

धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ४.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ५.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

  • ६.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.