धनुषा- प्रहरीको भ्यानबाट हाम फालेर भागेका बलात्कार घटनाका अभियुक्त पक्राउ गरेका छन् । बलात्कार मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका–१३ किरतपुरका २८ वर्षीय अभियुक्त राजाबाबु मुखियालाई प्रहरीले गएराति जनकनन्दनी गाउँपालिका- १, इनवाबाट पक्राउ गरेको हो ।
मुखियालाई जिल्ला प्रहरी र प्रदेश प्रहरी कार्यालयबाट खटेको संयुक्त टोलीले राति सावा १२ बजे भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
गत १५ गते धनुषा जिल्ला अदालतबाट ७ दिन म्याद थप गराई ईलाका प्रहरी कार्यालय सबैला लैजाने क्रममा मुखिया यदुकोहास्थित सडक खण्डमा पहरीकै भ्यानबाट हामफालेर फरार भएका थिए ।














