• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ७. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ८. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ९. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

बैतडीमा होली खेलेर दश लाख संकलन

  •   बिहिबार, फागुन २५, २०७९ मा प्रकाशित

बैतडी- बैतडीका विभिन्न स्थानमा होली खेलेर रु १० लाख सङ्कलन भएको छ । यहाँका विद्यालय, सङ्घसंस्था तथा क्लबहरूले होली खेलेर रु १० लाख सङ्कलन गरेका हुन् । होलीबाट सङ्कलित रकम विद्यालयको शैक्षिक सुधार र सामाजिक कार्यमा खर्च गरिने भएको छ । जिल्लाको पाटन नगरपालिका–९ हुक्केडाँडामा रहेको सिद्धेश्वर मावि र पाटन नगरपालिका–३ गुरुडामा रहेको सिगास माविले होलीबाट सङ्कलित रकम विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि खर्च गरिने जनाएका छन् । हुक्केडाँडाले होली खेलेर खर्च कटाएर रु एक लाख ७५ हजार दुई सय ६३ र गुरुडाले रु चार लाख १० हजार जम्मा गरेको छ ।

सङ्कलित रकम विद्यालयको सर्वाङ्गीण विकासका लागि खर्च गरिने सिद्धेश्वर मावि हुक्केडाँडाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए । “विद्यालयका शिक्षक, व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी मिलेर होली खेलेका हौँ”, उनले भने, “होली खेलेर सङ्कलन भएको रकम शिक्षकको तलब, खेलकुद सामग्री खरिद र कक्षा कोठा व्यवस्थापनमा खर्च गर्छौं ।”

विद्यालयमा निजी स्रोत शिक्षक रहेकाले आर्थिक अवस्था कमजोर रहेको हुँदा तलबमा समेत खर्च गरिनेछ । विसं २०१८ मा स्थापना भएको उक्त विद्यालयमा कक्षा १० सम्मको पढाइ हुने गरेको छ । पाटन नगरपालिका–३ सिगास मावि गुरुडाले सङ्कलन गरेको रु चार लाख १० हजार पनि विद्यालयको समग्र विकासका लागि खर्च गरिने जनाएको छ । उक्त विद्यालय विसं २०२२ मा स्थापना भएकामा हाल कक्षा १२ सम्म पढाइ हुने गर्दछ ।

होली खेल्न अभिभावकहरूको घरदैलोमा पुग्दा विद्यालय र अभिभावकसँगको सम्बन्ध विस्तारमा मद्दत पुगेको भाटको भनाइ छ । होलीमा बालबालिका, एकल महिला, बालविवाह, विद्यार्थीको आनीबानी सुधारसम्बन्धी सन्देशमूलक, चेतनामूलक गीतमार्फत सन्देश दिइएको थियो । होलीले समाज रूपान्तरणमा टेवा पुग्नेसमेत भाटको विश्वास छ । विद्यालयले शैक्षिक सुधारका लागि प्रत्येक वर्ष खेल्ने गरेको छ ।

पाटन–१० मा रहेको सरस्वती मावि सल्लेबासाले पनि होली खेलेर रु एक लाख ४६ हजार बचत गरेकाले उक्त रकमले विद्यालयमा सरस्वतीको मन्दिर निर्माणमा खर्च गरिने प्रधानाध्यापक लोकराज भट्टले बताए । जिल्लाको सुर्नया गाउँपालिका–४ डवरालीमा रहेको पञ्चदेव आधारभूत विद्यालयले पनि होली खेलेर रु एक लाख ८० हजार पाँच सय ५३ सङ्कलन गरेको जनाएको छ । जिल्लाका सामुदायिक विद्यालयले पर्वको मौलिकताको संरक्षणका साथै विद्यालयको आर्थिक, भौतिक अवस्थालाई सुधार गर्न पनि होली खेल्ने गरेका छन् ।

यस्तै दोगडाकेदार गाउँपालिका–३ खिरेगाउँमा रहेको श्रीकेदार भूमिराज होली कमिटीले रु ६२ हजार सङ्कलन गरेको सहसचिव गणेश विष्टले जानकारी दिए । सङ्कलित रकम सामाजिक तथा धार्मिक कार्य, विवाह, व्रतबन्धमा आवश्यक पर्ने सामग्री खरिदमा खर्च गरिने जनाइएको छ ।

उता सुर्नया गाउँपालिकाका स्थानीय बासिन्दाले होली खेलेर जम्मा भएको रकमले शिवमन्दिर पुनःनिर्माण गर्ने जनाएका छन् । पालिकाको वडा नं ६ मा रहेको शिव मन्दिर समितिले होली खेलेर दुई दिनमा रु ३८ हजार सङ्कलन गरेको छ । सङ्कलित रकम जीर्ण अवस्थामा रहेको शिव मन्दिरको पुनःनिर्माणका लागि खर्च गरिने समितिले जनाएको छ । शिव मन्दिरकै नामबाट साविकको शङ्करपुर गाविस वडा नं ६ मा रहेको शङ्कर संस्कृत उच्च माविको नामकरणसम्म भएको मन्दिरलाई पुनःनिर्माण गर्न र सामाजिक सद्भाव कायम गर्न होली खेलिएको हो । रासस

  • होली खेलेर
बिहिबार, फागुन २५, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.