काठमाडौ– सरकारले स्थानीय तह निर्वाचन हुने दिन बैशाख ३० गते सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले मन्त्रिपरिषदको निर्णयअनुसार बैशाख ३० गते शुक्रबार सबै सरकारी कार्यालय र सार्वजनिक निकायहरुमा बिदा दिने जनाएको हो ।
मन्त्रिपरिषद्को आइतबारको बैठकको निर्णयअनुसार गृह मन्त्रालयले सोमबार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक बिदा हुने सूचना जारी गरेको छ ।















