धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–१४ फूलबारीस्थित राम मन्दिरमा राम जानकी शैक्षिक तथा ज्ञान विज्ञान धनधान्याञ्ल महायज्ञ सञ्चालन हुने भएको छ । रामनबमीको अवसर पारेर अगामी चैत १० गतेदेखि १७ गते सम्म महायज्ञ सञ्चालन हुने भएको हो ।
सो महायज्ञ सञ्चालन गर्न विभिन्न उप–समिति गठन गरी तयारी थालिएको राम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिष्णुु अधिकारीले जानकारी दिएका छन् । मन्दिरको स्तरोन्नति गर्न महायज्ञको सञ्चालन गर्न थालिएको अध्यक्ष अधिकारीले बताए ।
यस्तै महायज्ञ तयारी गर्न याम पौडेलको संयोजकत्वमा २३ सदस्सीय मूल आयोजक समिति, यम लामिछानेको संयोजकत्वमा ७ सदस्सीय आर्थिक समिति ,राधा थापाको संयोजकत्वमा ७ सदस्सीय स्वागत तथा सत्कार समिति,लगायतका उप–समिति गठन गरिएको छ ।
मन्दिरको स्तरोन्नति तथा धार्मिक संस्कारबाट सव्य समाजको निर्माण गर्न सबैले सहयोग गर्न आर्थिक समिति संयोजक यम लामिछानेले आग्रह गरेका छन् ।














