काठमाडौँ – काठमाडौँबाट ६ लाख भन्दा बढी नक्कली नेपाली नोटसहित दुई जना पक्राउ परेका छन । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कालोपुल एरियाबाट रामेछाप खाँडा देवी घर भई काठमाडौँको मकलबारी बस्ने छिरिङ लामा र दोलखाको भीमेश्वरका घर भई सतुङगल बस्ने सुरेन्द्र कार्कीलाई पक्राउ गरेको हो।
उनीहरुले नेपाली खोटा मुद्रा चलन चल्तीमा ल्याउन लागेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी छापा मार्न पुगेको थियो ।
सोहीअनुसार बुधबार साँझ उनीहरुको साथबाट रु १००० दरको नेपाली नोट ६३६ थान (रु ६,३६,००००)बरामद भएको प्रहरीले जनाएको छ । यस्तै नोटको साईजमा काटेको कागजको बण्डल ९ थान पनि बरामद भएको कार्यालयका सूचना अधिकारी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर पठाइएको राठौरले बताए ।













