धनगढी- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले प्रतिपक्षी दलको अनुपस्थितिमा विवादित कार्य गरिररहेको बताएका छन् ।
प्रेस चौतारी कैलालले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रतिपक्षको सहभागिता बिनै सरकार विवादित कानुनहरू फाष्ट ट्रयाकबाट ल्याउने कार्य गरिरहेको बताएका हुन् ।
उनले सरकारले डरलाग्दो राजनीतिक घटनाक्रम अघि बढाइरहेको बताए । ‘यो सरकार जसरी अघि बढीरहेको छ यसले डरलाग्लो राजनीतिक घट्ना क्रम अघि बढाएको छ,’ उनले भने ।
नेकपा एमाललेलाई धोका दिएर कांग्रेसको समर्थनमा प्रचण्ड अघि बढेको उनले बताए । अहिले देशमा भइरहेकावे समस्या बिषयमा अहिलेको सरकारलाई कुनै चासो नरहेको उनले बताए । देश अप्ठेरोमा पर्दा पनि सरकारले तसमासा हेरिरहेको उनले भनाइ छ ।













