धनगढी- नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको छ । नागरिक उन्मुक्तिले सत्ता गठबन्धनमा मन्त्रालयको भागवण्डा हुँदा एक मन्त्रालय पाएको छ ।
नाउपाका प्रमुख सचेतक गंगाराम चौधरीका अनुसार अध्यक्ष श्रेष्ठ मन्त्री बन्ने र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छिन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, एकीकृत समाजवादी, जसपा, लोसपा, नाउपा, आम जनता पार्टीलाई समेटेर मन्त्रिपरिषद्लाई आज पूर्णता दिँदैछन् । मन्त्रीको शपथ दिउँसो तीन बजे शीतलनिवासमा शपथ ग्रहणको कार्यक्रम राखिएको छ ।













