काठमाडौं- जनमत पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि सरकार छाडेको छ । जनमत पार्टीबाट खानेपानी मन्त्री रहेका अब्दुल खानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु राजीनामा गरेका छन् ।
मन्त्रिमण्डल पुनर्गठनमा जनमतले उद्योग मन्त्रालय पाउने अपेक्षा गरेपनि खानेपानी नै पाएपछि मन्त्री खानले राजीनामा दिएको पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले बताए ।
‘जनमत पार्टीले सुरुदेखि कृषि र उद्योग मन्त्रालय माग गर्दै आइरहेको थियो । जनमत पार्टी मन्त्रालय बाँडफाँटमा उद्योग मन्त्रालय पाउनेमा ढुक्क थियो ।
जनमत पार्टीले एउटा मात्र मन्त्रालय पाउने हो भने उद्योग मन्त्रालय पाउनु पर्ने र उद्योग नपाए दुई वटा मन्त्रालय दिनु पर्ने माग राखेको थियो ।
‘















