डडेल्धुरा– डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेस (बीपी) विजयी भएको छ। नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र बहादुर साँकीलाई पराजित गर्दै कांग्रेस बीपीका नरबहादुर साँकी विजयी भएका हुन्।
अध्यक्षमा विजयी कांग्रेस बीपीका साँकीले ३ सय ४० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार साँकीले ३ सय १६ मत प्राप्त गरेका छन्।













