धनगढी- कैलालीको धनगढीबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् ।
त्रिनगर प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगरसहित घोडाघोडी नगरपालिका–१ का १९ वर्षीय करन परिया र सोही ठाउँका २२ वर्षीय शिवराज ओझालाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट ९ ग्राम १७० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ । उनीहरुलाई आइतबार (आज) बेलुकाको समयमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरु माथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।













