कैलाली – बझाङको छबिसपाथिभेरा ४ ब्याँसीमा सडकको काम गर्दै आएका एक जनाको हत्या भएको छ ।
जाजरकोट, भेरी नगरपालिका ४ बाट बझाङ आएर मजदुरी गरिरहेका ५२ वर्षीय गोपाल विकको उनको उनीसँगै मजदुरी गर्न आएका रोहन सुनारले हत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव परीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।
मंगलबार राति रोहनले मदिरा सेवन गरी गोपालको हत्या गरेको उनले बताए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार बझाङमा ज्याला मजदुरी गर्दै आएका दुवै जनाबिच केही दिन पहिले पनि सामान्य विवाद भएको थियो ।
सोही घटनालाई लिएर रोहनले गोपालको टाउकोमा ढुङ्गाले हानी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका सुनारलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













