धनगढी- अछाममा एक जना मृत फेला परेका छन्। जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १ वैद्यनाथ कालिमाटिका अन्दाजी ५० वर्षीय गणेश नाथ मृत फेला परेका हुन्।
योगी सेती राजमार्गको कालिमाटी खण्डमा स्कुटरसहित सडकबाट तल खसेका प्रहरीले बताएको छ। नाथ वैद्यनाथ धाम पर्यटन विकास तथा व्यावस्थापन समितिका सदस्य समेत हुन्।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साँफे प्रहरीका अनुसार मंगलवार राति दुर्घटना भएको हो। बुधवार बिहान मात्र उनको शव फेला परेको छ। साँफे प्रहरीका अनुसार सो क्षेत्रमा यसअघि पनि पाँच वटा दुर्घटना भएका छन्। सडकका कारण त्यहाँ सवारी दुर्घटना हुँदै आएको बताइएको छ ।














