काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४८८ नमुनामध्ये ५४१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र ९४७ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तो कोरोनाको सक्रिय संक्रमितको संख्या ४३५ पुगेको छ भने संस्थागत आइशोलेशनमा २७ जना, आइसीयूमा १२ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।
मन्त्रालयका अनुसार आज ७४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन्। मन्त्रालयले कोरोनाविरुद्धको बुष्टर डोज खोप लगाउन सबैमा आग्रह गरेको छ ।













