धनगढी- कैलालीको घोडाघोडी नगरपालिका–८ आमफाटाबाट चितुवाको सकुशल उद्धार गरिएको छ। डिभिजन वन कार्यालय पहलमानपुर र इलाका प्रहरी कार्यालय सुखडको टोलीले गाउँ पसेको चितुवाको सकुशल उद्धार गरेको हो।
बिहान गाउँमै घुमिरहेको अवस्थामा स्थानीयले चितुवालाई देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयहरूको हो हल्ला पछि चितुवा स्थानीयको शौचालय भित्र पसेको थियो। उद्धार गरिएको चितुवालाई डिभिजन वन कार्यालय पहलमानपुर राखिएको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताए।
चितुवा देखिएको क्षेत्रका स्थानीय बासिन्दा त्रसित थिए। एक साता अघि पनि घोडाघोडी नगरपालिका–२ साडेपानिमा सेउला लिन जङ्गल गएका दुई आमाछोरी रुख चढेर चितुवाबाट बचेका थिए।













