• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज ०५, २०८३
☰
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ घण्टा 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ५. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ६. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ७. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ८. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • ९. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • १०. प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

एसपीएका क्याम्पस प्रमुखले पाए बेस्ट प्रिन्सिपल अवार्ड

  •   बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित

धनगढी- देशभरिकै उत्कृष्ट २० भित्र पर्दै एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्याय(गौतम)ले ‘बेस्ट प्रिन्सिपल अवार्ड’ प्राप्त गरेका छन् । विगत ३० वर्षदेखि शिक्षा क्षेत्रमा आबद्ध रही विभिन्न शैक्षिक संस्थाहरुको नेतृत्व गरिसकेका उपाध्यायले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।

सादगीपन र कर्मनिष्ठ उपाध्यायले यसअघि काठमाडौंका गोल्डेनगेट, टाइम्स, आशिर्वादजस्ता कलेजहरुको नेतृत्व सम्हालिसकेका छन् । अनुजा मिडियाले काठमाडौंमा आयोजना गरेको ‘एडुकेशन एक्सिलेन्स अवार्ड’मा नेपालभरिबाट उत्कृष्ट २० जना प्रिन्सिपलहरुलाई छनौट गर्ने क्रममा उपाध्यायले बेस्ट प्रिन्सिपल अवार्ड प्राप्त गरेका हुन् ।

No description available.

‘बेस्ट प्रिन्सिपल अवार्ड’ पाउने अन्य व्यक्तिहरुमा एभरेष्ट ईंग्लिश स्कुल, भक्तपुरका भक्त राजभण्डारी, दीप बोर्डिङ हाई स्कुल, बुटवलका टिकाराम न्यौपाने, लिटिल एन्जेल्स स्कुल, हातीबनका मुकुन्दराज शर्मा, स्टार हाईएर सेकेन्डरी स्कुल, बिराटनगरका डा. उद्दब प्रसाद पोख्रेल, माउन्ट हर्मन ईंग्लिश स्कुल, ललितपुरका सरस्वती श्रेष्ठ, नवरत्न ईंग्लिश बोर्डिङ स्कुल, भक्तपुरका सुरेन्द्र तुबन्जा श्रेष्ठ, लोटस ईंग्लिश स्कुलकी सन्जीता मैया शाही ठकुरी राईलगायत हुनुहुन्छ ।

अनुजा मिडियाले बिगत ४ बर्ष देखि विद्यार्थीहरुको व्यक्तित्व तथा नेतृत्व विकासको लागि खेल्दै आएको नेतृत्वदायी भूमिकाको कदर स्वरुप यो अवार्ड प्रदान गर्दै आएको छ । अवार्ड ग्रहण गर्दै क्याम्पस प्रमुख उपाध्यायले आफूले गर्दै गरेको प्रयासलाई सह्राना गरिदिएकोमा आयोजक प्रति आभार व्यक्त गरे । उहाँले उक्त अवार्डबाट एसपीएलाई थप शशक्त रुपमा अघि बढाउँन हौसला मिलेको विश्वास व्यक्त गरे ।

जसले उपाध्यायलाई अवार्डको हकदार बनायो
एसपीए कलेजमा आवद्ध भएको झण्डै डेढवर्ष पुग्नै लाग्दा उपाध्यायले देखिने गरी थुप्रै परिवर्तनहरु गरेका छन् । उपाध्याय क्याम्पस प्रमुख भएर आएपछि एसपीए कलेजको भौतिक वातावरण समेत स्वच्छ, हराभरा देखिएको छ । कलेज परिसरमा प्रवेश गर्ने जो कसैलाई चिटिक्क बगैचा, थरिथरिका फुल, झरनाबाट बग्ने कलकल पानीको सुमधुर आवाज, महान व्यक्तिहरुका प्रेरक भनाईहरु, विद्यार्थीहरु बस्दै छलफल गर्न मिल्ने स्थानहरुहरुले लोभ्याउँछ ।

बिहान ५ बजे नै कलेज पुग्ने उनी राति अबेरसम्म पनि कलेजकै काममा व्यस्त रहन्छन् । आफैँ झाडु लगाउँछन्, आफै बोटविरुवा फुलहरुमा पानी हाल्छन् । विद्यार्थीहरुसँग भलाकुसारी गर्छन ।

उपाध्याय क्याम्पस प्रमुख भएर आएपछि क्याम्पसको प्रशासनिक काम पनि चुस्त बनेको छ । एउटै कामका लागि विद्यार्थीहरु विभिन्न स्थानमा धाइरहनु बाध्यताको अन्त्य गर्दै उहाँले गेटमै एकिकृत प्रशासनिक भवन निर्माण गर्न लगाई रिसेप्सन, सुचना, आइटी, मानव संशाधन, परीक्षा, भर्ना, फाराम बुझाउँने, दिने, खेलकुद विभागलगायतको सेवा एकै छानामुनिबाट दिने व्यवस्था मिलाएका छन् ।

No description available.

यस्तै विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि कलेजमा उनले देशविदेशबाट भिजिटिङ स्कलरहरुलाई निम्ताउँने व्यवस्था मिलाएका छन् । उनको पहलमा कलेजमा अष्ट्रेलिया, फ्रान्स, दक्षिण अफ्रिका, बेल्जियम, बेलायतलगायत देशहरुबाट प्राध्यापकहरु आएर भाषा, संस्कृति, रहनसहन, व्यवहारिक तथा व्यवसायिक थुप्रै कुराहरु विद्यार्थीहरुलाई दिलाएका छन् ।

उनी आएपछि शैक्षिक क्षेत्रमा पनि एसपीएले राम्रो प्रगति हासिल गरेको छ । उनकै पालोमा अघिल्लोवर्ष कलेज देशभरिबाटै उत्कृष्ट १३ कलेजभित्र पर्दै राष्ट्रिय सम्मान पाएको थियो । यस्तै अमेरिकाको न्यूयोर्क शहरमा आयोजित अन्तर्राष्ट्रिय ग्रीन कलेज अवार्ड–२०२२ हात पारेको थियो । दुईहप्ता अघिमात्रै पाँच जना एसपीका विद्यार्थीहरु टीयू दोस्रो र तेस्रो टपर भएर निस्किएका छन् ।

उपाध्याय सरको पालामै कलेजले विद्यार्थीहरुलाई रोजगारीको सुनिश्चितता गरिदिने कार्यक्रम पनि अघि ल्याएको छ । त्यसबाट विद्यार्थीहरु पेड इन्टर्नसिपमा विभिन्न संस्थाहरुसँग आवद्ध हुँदै लाभ उठाइरहेका छन् । उपाध्यायकै पालामा एसपीएमा भएको अर्को महत्वपूर्ण उपलब्धि क्लबहरुको अभ्यास हो । जसलाई आधुनिक शिक्षाको अवधारणा पनि मानिन्छ ।

No description available.

उनले विभिन्न विद्यार्थीको चौतर्फी विकास र नेतृत्व क्षमता अभिवृद्धिका लागि १५ वटा विभिन्न क्लबहरु गठन भएका छन् । जसमा एकेडेमिक, आइसिटी, काउन्सिलिङ, रेडक्रस, स्टुन्डेन्ट एक्सचेन्ज, स्मल स्केल इन्टरप्रियनरसिप, ग्रीन क्लिन धनगढी, मिडिया एण्ड पब्लिकेसन, थियटर एण्ड आर्टस, कम्युनिटी सर्भिस तथा सोसियल जस्टिस, कल्चरल ल्यांङवेज एण्ड डाइभर्सिटी, स्पार्टेस, पोलिटिकललगायत क्लब छन् ।

विद्यार्थीहरु जुन क्षेत्रमा भविष्य निर्माण गर्न चाहान्छन्, त्यही क्लबमा आवद्ध हुनसक्छन् र उनीहरुलाई त्यहीअनुसारका प्रशिक्षएण, ट्रेनिङ, सेमिनारको व्यवस्था कलेजले गरिदिन्छ । विद्यार्थीहरु सामाजसँग जोडिन्छन् । क्लबमा आवद्ध हुन सकैलाई रोकतोक छैन । जसलाई जतिबेला मन लाग्यो आवद्ध हुनसक्छन् ।

यसले परिणाम पनि त देखाएको छ, कला तथा अभिनयमा रुचि हुने विद्यार्थीका लागि दुईहप्ते अभिनय कक्षा नै राखिएको थियो । उक्त प्रशिक्षण पाएपश्चात विद्यार्थीहरुले महिला हिंसासम्बन्धि नाटक प्रदर्शनीबाट ५० हजार पुरस्कार जितेको थियो ।

यस्तै एसपीएको ग्रीन क्लिन क्लबले वातावरण संरक्षणका क्षेत्रमा खेलेको भूमिकाका लागि अमेरिकाको न्यूयोर्क शहरमा आयोजित अन्तर्राष्ट्रिय ग्रीन कलेज अवार्ड–२०२२ पाएको थियो । आर्टस क्लबले पहिलोपटक सुदूरपश्चिममा क्यानभास पेन्टिङ गर्दै सुदूरपश्चिममा रचेको थियो ।

काउन्सिलिङ क्लबले कलेजस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरे । स्पोर्टस क्लबले लखनउमा अन्तर्राष्ट्रिय स्कुल क्रिकेट लिगमा मोस्ट कोपरेटिभ अवार्ड जितेर आयो । महेन्द्रनगरमा भएको लिटिलबुद्ध एकेडेमी टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो ।

  • प्रिन्सिपल अवार्ड
बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम निर्माण व्यवसायी महासंघद्वारा ‘कानुनी तथा प्राविधिक परामर्श शाखा’ सञ्चालन
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
सुदूरपश्चिममा दुई महिनादेखि बजेट शून्यतामा  नयाँ बजेटको अन्योलता कायमै
वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन
धनगढीकाे  ५ मा  खोप केन्द्र  निर्धारण   ८ गतेदेखि जेई खोप सञ्चालन हुदै
लागुऔषधसहित पाँच जना पक्राउ

समाचार

सबै

सुदूरपश्चिम निर्माण व्यवसायी महासंघद्वारा ‘कानुनी तथा प्राविधिक परामर्श शाखा’ सञ्चालन

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’

सुदूरपश्चिममा दुई महिनादेखि बजेट शून्यतामा  नयाँ बजेटको अन्योलता कायमै

वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

सुदूरपश्चिम निर्माण व्यवसायी महासंघद्वारा ‘कानुनी तथा प्राविधिक परामर्श शाखा’ सञ्चालन

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’

सुदूरपश्चिममा दुई महिनादेखि बजेट शून्यतामा  नयाँ बजेटको अन्योलता कायमै

वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ घण्टा 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ५.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

  • ६.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.