धनगढी- सुदूरपश्चिममा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३२४ जनाको कोरोना परिक्षण गरिएकोमा ९ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार एन्टिजेन विधिबाट गरिएको कोरोना परिक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ६ जनाले कोरोना जितेका छन् भने हाल कोरोनाका सक्रिय संक्रमितको संख्या १४ रहेको छ ।













