धनगढी- सुदूरपश्चिम प्रदेशमा बुधबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४८६ नमूनाको कोरोना परिक्षण गरिएकोमा १९ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमा एन्टीजेन बिधिबाट ४६२ नमूनाको कोरोना परिक्षण गर्दा १६ र पीसीआर बिधिबाट २४ नमूनाको कोरोना परिक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
संक्रिमित मध्ये सीमा नाकाहरुमा गरिएको कोरोना परिक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा गड्डाचौकी नाकाबाट भित्रिएका ३ जना, झुलाघाट र गौरीफन्टा नाकाबाट भित्रिएका २/२ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सीमानाकामा पछिल्लो २४ घण्टामा ४०२ नमूनाको एन्टीजेन बिधिबाट कोरोना परिक्षण गरिएको थियो । हाल प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या १४६ रहेको छ ।















