डोटी– शिखर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका छन् । बिहीबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गर्दै निवर्तमान जनप्रतिनिधिहरुले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत गरेका थिए । नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण तथा पदभार ग्रहण पछि निवर्तमान नगरप्रमुख सीताराम जोशी र उपमेयर धौली देवी रावल निजी भाडाको जीपमा फर्किएकी छन् ।
कार्यक्रममा आफ्ना अधूरा योजना र क्रमागत योजनाहरू पुरागर्न अनुरोध गर्दै जोशी नवनिर्वाचित नगरप्रमुख दीर्घ बलायरलाई पद हस्तान्तरण गरेर फर्किएका हुन् । जनमत र कांग्रेस प्रतिको जनताको विश्वासलाई कदापि ढल्न नदिने प्रतिबद्धता सहित जोशी नगरबाट बाहिरिनु भयो । जोशीले व्यक्ति परिवर्तन भए पनि पार्टी, सिद्धान्त, इमान्दारिता, सुशासन र जनमैत्री, जनमुखी शासन पद्धति उत्कृष्ट हुनेमा विश्वस्त हुन अनुरोध गर्नु भयो। नगर प्रमुख जोशीलाई सम्मान सहित विदाई गरिएको थियो ।













