काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले पहिचान र अधिकारको माग गरिएको टिकापुर आन्दोलन किन राजनीतिक नभएको भन्दै प्रश्न गरेका छन् । संसद्को प्रश्न उत्तर कार्यक्रममा सहभागी हुँदै सांसद चौधरीले टिकापुर आन्दोलन किन राजनीतिक नभएको भन्दै प्रधानमन्त्री प्रश्नलाई प्रश्न गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले रेशम चौधरीलाई छुटाउन अध्यादेश ल्याए पनि सफल नभएको बताए । ‘रेशमलाल चौधरीको विषयमा यसअघि समेत अध्यादेश ल्याएर भए पनि छुटाउन प्रयास गरेकै हो ।
अदालतबाट जे जस्तो फैसला भए पनि कुनै न कुनै रूपमा आवाज उठाएकै हो । यो विषयलाई कसरी समाधान गर्ने भन्ने विषयमा निक्कै गम्भीर छौँ । यसमा छिट्टै टुङ्गोमा पुग्ने छौँ’ प्रचण्डले भने ।















