काठमाडौं- नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको छ। जेठ २५ र २६ गते काठमाडौंमा बस्ने बैठक बोलाएको अध्यक्ष डा. बाबुराम भट्टराईले बताए।
बैठकले अहिलेसम्म पार्टीको अहिलेसम्मको यात्राको निर्मम समीक्षा गरेर आगामी दिनमा कमीकमजोरीलाई सच्चाएर अघि बढ्नेबारे छलफल हुने बताए।
बैठकले आगामी कार्यदिशा र कार्य योजना तय गर्ने उनको भनाइ छ। यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिनमा खुट्टा नकमाउन सरकारलाई ध्यानाकर्षण समेत गराए।













