धनगढी- धनगढी उपमहानगरपालिकामा शनिवार राती हावाहुरी आउँदा विभिन्न क्षेत्रमा क्षति पुगेको छ। शनिवार राती ८ बजेको समयमा हावाहुरी चल्दा धनगढी उपमहानगरपालिका–१ कैलाली पुल नजिक बालमन्दीर अगाडी रहेका दुई वटा पसलमा क्षति पुर्याएको हो।
पिडी लिक्युर मार्ट र एम बिएल फेसन पसलको छत माथि कमजोर अवस्थामा रहेका होडिङ्ग बोर्डमा क्षति पुर्याएको बताइएको छ । होर्डिङ बोर्डहरू हावाले उठाउँदा ९/१० लाखको क्षति भएको पिडी लिक्युर मार्टका सञ्चालक प्रेमबहादुर धामीले बताए।
उनले मार्ट पसल माथि राखिएका होर्डिङ बोर्ड हावाहुरीले उठाएर पसल अगाडी ढालिएको बताए। उनले उक्त मूल्यको होर्डिङ बोर्ड उडाउँदा निकै क्षति पुगेको भन्दै दु:ख व्यक्त गरेका छन्।













