धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले धनगढी–गोदावरी मनोरेल सेवा सञ्चालन गर्ने योजना ल्याएको छ ।
प्रदेश सरकारले बुधबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ मा धनगढी–गोदावरी मनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम राखेको छ ।
प्रदेश सरकारले पाँच वर्षअघि प्रदेश बस सेवा सञ्चालन गर्ने योजना ल्याएको थियो । तर सो योजना कार्यान्वयन गर्न भने प्रदेश सरकार असफल रह्यो ।













