• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ७. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ८. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ९. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

प्रदेशको आर्थिक वृद्धिदर १.७८ प्रतिशत रहने अनुमान

  •   बिहिबार, जेठ ३२, २०८० मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७९र८० को आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत गरिएको छ । आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले बिहीबार बसेको प्रदेश सभा बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरे ।

प्रदेशको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७९ को दफा १६ को उपदफा २ बमोजिम प्रदेश सभामा पहिलो पटक प्रदेशको आर्थिक सर्वेक्षण प्रस्तुत गरिएको छ । प्रस्तुत सर्वेक्षणअनुसार सुदूरपश्चिम प्रदेशको कुल ग्राहस्थ उत्पादन उपभोक्ताको मूल्यमा तीन खर्ब ७६ अर्ब ३३ करोड ३० लाख रुपियाँ रहने अनुमान छ ।

आर्थिक वर्ष २०७९र८० मा प्रदेशको आर्थिक वृद्धिदर १.७८ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर प्रतिशत ४.७८ प्रतिशत थियो । यसैगरी राष्ट्रिय कुल ग्राहस्थ उत्पादनमा सुदूरपश्चिम प्रदेशको योगदान ७ प्रतिशत रहने अनुमान छ ।

कृषि तथा गैरकृषि क्षेत्रको वृद्धिदर क्रमशः १.६७ प्रतिशत र २.१३ प्रतिशत हुने अनुमान गरिएको छ । प्राथमिक क्षेत्र र सेवा क्षेत्रको वृद्धिदर क्रमशः १.६६ प्रतिशत र ३.२४ प्रतिशत रहेको छ । धनात्मक तथा वित्तीय क्षेत्रको वृद्धिदर ०।६४ प्रतिशत ऋणात्मक हुने अनुमान गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको आय एक हजार ६३ अमेरिकी डलर रहने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा प्रदेशको आय एक हजार ६० अमेरिकी डलर थियो । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म प्रदेशभरि बैंक तथा वित्तीय संस्थाको कुल शाखा ८४३ पुगेको छ । बझाङको साईपाल गाउँपालिकाबाहेक बाँकी सबै ९८७० स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुगेको मन्त्री शाहीले जानकारी दिए ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म प्रदेशमा दर्ता भएका सहकारी संस्थाको संख्या ३६५ पुगेको छ । यसैगरी, सोही अवधिसम्म प्रदेशमा बीमा कम्पनीको संख्या ३०८ पुगेको जनाइएको छ ।

नेपाल मानव विकास प्रतिवेदन २०२० अनुसार यस प्रदेशको मानव विकास सूचकाङ्क ०.४३१, लैङ्गिक विकास सूचकाङ्क ०.९०३ र लैङ्गिक असमानता सूचकाङ्कको मापन ०।५२२ रहेको जनाइएको छ ।

नेपाल श्रमशक्ति सर्वेक्षण २०७५–७६ को प्रतिवेदनअनुसार सुदूरपश्चिम प्रदेशको औसत बेरोजगारी दर ११।५ प्रतिशत रहेको छ । २०७९ सालको फागुनसम्म यो प्रदेशका ७३.० प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ । यही अवधिसम्म प्रदेशमा १०८ मेगावाट विद्युत उत्पादन भएको मन्त्री शाहीले जानकारी दिए ।

२०७९ को फागुनसम्म प्रदेशमा २१ हजार ८५४ उद्योग दर्ता भइ ३० अर्ब ६७ करोड रुपियाँ लगानी स्वीकृत भएको छ । यसबाट एक लाख एक हजार ४५६ जनालाई रोजगारी सिर्जना हुने अनुमान गरिएको छ । प्रदेशमा प्रतिउद्योग रोजगारी दर ४.८ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको फागुनसम्म प्रदेश सरकारबाट कालोपत्रे, खण्डस्मिथ र माटे सडक गरी थप ५९ किलोमिटर सडक निर्माण भएको छ । यो अवधिमा प्रादेशिक र स्थानीयस्तरका सडकको कुल लम्बाई पाँच हजार ६०४ किलोमिटर पुगेको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार प्रदेशमा २५।२ प्रतिशत घरधुरीमा इन्टरनेटको पहुँच पुगेको छ । यसैगरी, स्मार्ट फोन प्रयोग गर्ने घरधुरी ६२।७ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको फागुनसम्म प्रदेशमा एक हजार ५८ सवारी साधन दर्ता भएका छन् ।

प्रदेशमा शैक्षिकसत्र २०७९ सम्म आधारभूत तह ९१ देखि ५ कक्षा० सञ्चालन गर्ने विद्यालय सङ्ख्या १० हजार ९०८, आधारभूत तह ९१ देखि ८ कक्षा० सञ्चालन गर्ने विद्यालय सङ्ख्या ७०३ पुगेको छ । यसैगरी माध्यमिक तह (१ देखि १० कक्षा) सञ्चालन गर्ने विद्यालय सङ्ख्या ४११ र माध्यमिक तह (१ देखि १२ कक्षा) सञ्चालन गर्ने विद्यालय सङ्ख्या ४४४ रहेका छन् । निजीतर्फ यस्ता विद्यालयको सङ्ख्या क्रमशः १८९, २५५, १७९ र ६७ छ ।

चालु आर्थिक वर्षको फागुनसम्म प्रदेशभरी स्वास्थ्य संस्था सङ्ख्या ६९२ पुगेको छ । जिल्ला र प्रादेशिक अस्पतालमा गरी सञ्चालनमा रहेको शैया सङ्ख्या ५२६ पुगेको छ । प्रदेशभरी स्वास्थ्य क्षेत्रमा ६ हजार ६६४ जनशक्ति कार्यरत छन् ।

चालु आर्थिक वर्षको फागुनसम्म धानबाली उत्पादन ६ लाख ६२ हजार मेट्रिक टन, मकै १०३ मेट्रिक टन र कोदो १७ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ । २०७९ को फागुनसम्म प्रदेशमा नौ लाख ९९ हजार २३८ हेक्टर वनक्षेत्र रहेको छ । प्रदेशको कुल भूभागको ४९।२४ प्रतिशत भूभाग वनक्षेत्रले ओगटेको मन्त्री शाहीले जानकारी दिए ।

यसैगरी प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहले महालेखा परीक्षकको चौथो वार्षिक प्रतिवेदन २०७९ र आर्थिक वर्ष २०७८–७९ को मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ । उहाँले प्रदेश लोकसेवा आयोगको द्वितीय वार्षिक प्रतिवेदन ९२०७८ साउनदेखि २०७९ असारसम्मको० पनि प्रदेश सभामा पेस गरे ।

महालेखा परीक्षकको चौथो वार्षिक प्रतिवेदनलाई अध्ययन तथा छलफलका लागि सार्वजनिक लेखासमिति र मुख्य न्यायाधिवक्ताको प्रतिवेदन र प्रदेश लोकसेवा आयोगको प्रतिवेदनलाई विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ ।

 

  • आर्थिक वृद्धिदर १.७८
बिहिबार, जेठ ३२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.