कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि रु। ७७ करोड, ८१ लाख, ६४ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।
पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माको सभाध्यक्षतामा शुक्रबार आयोजित नगर सभा तथा तेह्रौँ अधिवेशनमा नगर उपप्रमुख भुलिया कुमारी रानाले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नु भएको हो ।
पुनर्वास नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खानेपानी, सरसफाइ, स्वरोजगारमूलक उद्यमशीलता लगायतका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको नगर उपप्रमुख रानाले बताइन् ।
त्यस्तै प्रत्येक वडालाई न्युनतम् ४० लाखदेखि अधिकतम् ५६ लाख ५० हजारसम्म रकम विनियोजन गरिएको उनले जानकारी दिए । नगर सभाले शुक्रबार नै उक्त नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत पारित गरेको पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीले जानकारी दिए ।














