• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज ०६, २०८३
☰
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ५. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ६. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • ७. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ८. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ९. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • १०. प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

आगलागीपीडित २७ मुक्तकमैया परिवारलाई नयाँ घर

  •   आइतबार, असार २४, २०८० मा प्रकाशित

धनगढी- पाँचजनाको परिवारसहित कच्ची झुप्रोमा बसिरहेका कैलारी गाउँपालिका– ७, विपतपुरका राजकुमार चौधरी नयाँ पक्की घर पाएपछि दंग छन् । आगलागीले घर जलेर नष्ट भएपछि एक वर्षदेखि उनको परिवार झुपडीमा बस्दै आएको थियो । उनको परिवार अहिले सुदूरपश्चिम प्रदेश सरकार र दातृनिकायले बनाइदिएको पक्की घरमा सरेको छ ।

गत वर्ष ११ वैशाखमा बस्तीमा भएको आगलागीले उनको घर जलेर नष्ट भयो । दुई महिनासम्म उनी खेतमा त्रिपाल टाँगेर बसे । बर्खामा त्रिपालमै बस्न सम्भव थिएन, तर उनीसँग नयाँ घर बनाउने पैसा थिएन । नयाँ घर बनाउन नसकेपछि उनले आगलागीले जलेको टिनले छाएर पुरानै घरको छेउमा झुप्रो बनाएका थिए ।

एक वर्षदेखि त्यही छाप्रोमा बस्दै आएका उनी अहिले पक्की घरमा सर्न पाउँदा खुसी छन् । नयाँ घरमा बस्न थालेपछि निकै सहज भएको चौधरीले बताए । ‘झुप्रोमा बर्खामा सर्प–किराको डर थियो । नयाँ पक्की घर पाएपछि सजिलो भएको छ,’ उनले भने ।

सुदूरपश्चिम प्रदेश सरकार र दातृनिकायले विपतपुरका आगलागीपीडित २७ मुक्तकमैया परिवारका लागि नयाँ पक्की घर बनाइदिएका हुन् । आगलागीबाट मुक्तकमैया बस्तीका २७ घर जलेर नष्ट भएका थिए । नजिकै खेतमा गहुँको नलमा लगाएको आगो दिउँसोे बस्तीमा सल्केको थियो ।

‘दिउँसो हावा चलेका वेला बस्तीमा आगो सल्कियो । लुगाकपडा र बालबालिकाका कापी–किताबसमेत जोगाउन पाएनौँ,’ आगलागीपीडित तेजराम चौधरीले भने, ‘घर जलेर खरानी भएपछि दुई महिना खेतमा टेन्ट लगाएर बस्यौँ । बर्खामा डुबान हुने भएकाले खेतमा बस्न सम्भव थिएन । जलेकै घरमाथि छाप्रा बनाएर बसेका थियौँ, अहिले सरकारले पक्की घर बनाइदिएको छ ।’ मुक्तकमैया बस्तीमा सबै काठका घर थिए ।

पक्की घर निर्माणको काम हालै सम्पन्न भएपछि केही परिवार नयाँ घरमा सरिसकेका उनले बताए । मुक्तकमैया बस्तीमा आगलागीपीडितका लागि दुईवटा कोठा र एउटा भान्सा भएको र टिनले छाएका २७ वटा पक्की घर निर्माण गरिएका छन् ।

अग्निपीडित बेलमती चौधरीले पक्की घर पाएपछि झुपडीका सास्ती हटे पनि ठूलो परिवार भएकाका लागि दुईकोठे घर साँघुरो हुने बताइन् । सर्प–किराको डर र चुहिने समस्याबाट पनि मुक्ति मिलेको उनको भनाइ छ ।

एक करोड ८२ लाख १२ हजार लागतमा घर निर्माण गरिएका हुन् । यसमध्ये सुदूरपश्चिम प्रदेश सरकारले ९० लाख र ह्याबिटेट फर ह्युमानिटी नेपाल नामक गैरसरकारी संस्थाले ५४ लाख लगानी गरेको कैलारी गाउँपालिकाले जनाएको छ ।

घर निर्माणमा लाभग्राही परिवारले ३८ लाख १२ हजारबराबरको श्रमदान गरेका आगलागीपीडित मुक्तकमैयाको सुरक्षित घर निर्माण समितिका अध्यक्ष हरिप्रसाद चौधरीले जानकारी दिए । सबै घरको निर्माण कार्य सकिएको र केही दिनमै घर हस्तान्तरण गरिने अध्यक्ष चौधरीले बताए ।

‘हामी निकै समस्यामा थियौँ । घर बनेपछि बस्न सजिलो भयो,’ अग्निपीडितसमेत रहेका उनले भने । आगलागीबाट करोडौँको क्षति भए पनि दिउँसोको समयमा भएकाले मानवीय क्षति भने हुन पाएन ।

आगलागीलगत्तै तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टले आगलागी भएको बस्तीमा पुगेर पीडितलाई नयाँ बनाइदिने प्रतिबद्धता जनाएका थिए । ‘त्यतिवेला म बस्तीमा पुग्दा पीडितको अवस्था निकै दयनीय देखेपछि घर निर्माण गरिदिने निर्णय गरेका थियौँ । मुख्यमन्त्री सुरक्षित आवास निर्माण कार्यक्रमअन्तर्गत आवश्यक बजेट विनियोजन गरिएको थियो,’ भट्टले भने, ‘अहिले पीडितले नयाँ घर पाउँदा खुसी लागेको छ ।’

स्थानीय चुनावका वेला पीडितको बस्तीमा गएर आश्वासन दिएको भन्दै त्यसवेला मुख्यमन्त्री भट्टलाई निर्वाचन आयोगले स्पष्टीकरणसमेत सोधेको थियो । विपन्न र पीडितका लागि घर बनाइदिन ल्याइएको मुख्यमन्त्री सुरक्षित आवास कार्यक्रमलाई अहिलेको सरकारले निरन्तरता नदिएकोमा पूर्वमुख्यमन्त्री भट्टको असन्तुष्टि छ । उनका अनुसार कार्यक्रमअन्तर्गत प्रदेशको एकल र स्थानीय तहसँग साझेदारी गरी एक सय ४३ घर बनाइएका थिए । नयाँपत्रिकाबाट

  • मुक्तकमैया
आइतबार, असार २४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा
दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत
मुक्त कमैयाको समस्या समाधानका लागि बजेटमै आवश्यक व्यवस्था गर्छौँ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिममा बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न कांग्रेस संसदीय दलको माग
सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन
धनगढीका १९ वडामध्ये वडा नं. १ मा मात्र नेपाली कांग्रेसको महिला नेतृत्व,सरस्वती खड्का निर्विरोध निर्वाचित

समाचार

सबै

ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत

मुक्त कमैयाको समस्या समाधानका लागि बजेटमै आवश्यक व्यवस्था गर्छौँ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिममा बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न कांग्रेस संसदीय दलको माग

ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत

मुक्त कमैयाको समस्या समाधानका लागि बजेटमै आवश्यक व्यवस्था गर्छौँ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिममा बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न कांग्रेस संसदीय दलको माग

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ५.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

  • ६.
    संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.