काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
गभर्नर अधिकारीलाई तत्काल बर्खास्त गरी कारबाही गर्न माग गर्दै नेकपा (माओवादी केन्द्र) निकट (वाइसीएल)का संयोजक सुमन देवकोटाले उनीविरुद्ध बिहीवार अख्तियारमा उजुरी दिएका हुन् । वाइसीएलले गभर्नर अधिकारी एम अधिकारीको नामबाट एमाले राजनीतिमा सक्रियि रहेको, राजनीतिक दलको सदस्य वा पदाधिकारीमै बसेको भन्दै उनीविरुद्ध छानबिन गर्न माग गरेको छ ।
गभर्नर अधिकारी नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २१ ‘क’ विपरीत राजनीति दलको सदस्य वा पदाधिकारी हुँदा राष्ट्र बैंकको स्वायत्तता, गभर्नरको जवाफदेहिता र नैतिकताको संवेदशीलतामाथि प्रश्न उठेको उल्लेख छ ।
वाइसीएलले अख्तियारमा दर्ता गराएको उजुरीमा अधिकारीले झुठा प्रमाणपत्र पेश गरेर राष्ट्र बैंकको गभर्नर भएको, उनले भ्रष्टाचारजन्य कसूर गरेको, स्नातकोत्तर तह नै उत्तीर्ण नगरी राष्ट्र बैंक ऐनविपरीत गभर्नर भएको, एमालेको अर्थ विभागको सदस्यमा रहेको र आगामी आवको मौद्रिक नीतिको तयारीका लागि स्वार्थ बाँझिने गरी काम गरेकोले आवश्यक छानबिन गर्न वाइसीएलले माग गरेको छ ।













