काठमाडौं- नेपालमा फेरि कोरोना संक्रमण तीब्र बनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ६० जना नयाँ संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार यो अवधिमा ३८ सय ४४ जनाको पीसीआर परीक्षण गरिएको थियो । तीमध्ये २ हजार २७ जनाको पीसीआर गर्दा २ सय १४ तथा १८ सय १७ जनाको एन्टीजेन परीक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा सक्रिय संक्रमितको संख्या ११ सय ७१ पुगेको छ ।
यो अवधिमा ४८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ७२ हजार ३ सय २० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।














