धनगढी- कैलालीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको गौरीगंगा नगरपालिका–६ वनबेहडाका अर्जुन चौधरीकी छोरी अञ्जली मृत अवस्थामा फेला परेकी हुन्।
१८ वर्षीया अञ्जली बिहीबार ७ बजे आफ्नै घरको कोठाभित्र मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
अञ्जलीको मृत्युको कारण खुल्न नसकेको र अनुसन्धान गरिरहेको प्रहरीको बताएको छ। अञ्जलीको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीको शव गृहमा राखिएको प्रहरीले जनाएको छ।













