कञ्चनपुर- प्रहरीले अवैध लागूऔषधसहित एक युवालाई पक्राउ गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका–१० गड्डाचौकीको ब्यारेल नजिकबाट २८ वर्षीय हेमराज भट्ट पक्राउ परेका हो। प्रहरीले उनको साथबाट फेनरागन ९ एम्पुल, रेक्सोजेसिक ११ एम्पुल, डाइजेपाम १ एम्पुल र ०.०६ ग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ।
उनी हिजो साँझ पक्राउ परेका थिए। ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको टोलीले शंका लागी चेकजाँच गर्दा भट्टको साथबाट बिभिन्न किसिमका लागूऔषध फेला पारेको थियो।














