• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ७. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ८. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ९. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

सुदूरपश्चिम विश्वविद्यालयमा १६ दिनदेखि तालाबन्दी

  •   बुधबार, साउन १७, २०८० मा प्रकाशित

कञ्चनपुर — सुदूरपश्चिम विश्वविद्यालयको महेन्द्रनगरस्थित केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको १६ दिन भयो । विश्वविद्यालयले हालै गरेको विभागीय प्रमुख र क्याम्पस प्रमुखलगायतको नियुक्तिमा असन्तुष्टि जनाउदै राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले तालाबन्दी गरेको हो । जसका कारण केन्द्रीय कार्यालयका सबै कामकाज प्रभावित भएका छन् ।

विश्वविद्यालयले असार अन्तिम साता ७ वटा विभाग र १५ क्याम्पसमा नयाँ प्रमुख नियुक्त गरेको थियो । राजनीतिक भागबण्डाका आधारमा गरेको नियुक्तिको विरोधमा सुरुमा एमाले निकट अनेरास्ववियू र राप्रपा निकट राप्रविसले तालाबन्दी गरेका थिए । अनेरास्ववियूसँग सहमति भएर ताला खुले पनि राप्रविससंॅग भने हालसम्म छलफलसमेत भएको छैन ।

विश्वविद्यालयले विभागीय प्रमुखमा इन्जिनियरिङतर्फ हरेन्द्रराज कलौनी, व्यवस्थापनमा पदमराज भट्ट, मानविकिमा पुष्पराज जोशी, शिक्षामा अर्जुन नेगी, सिएसआईटीमा कर्णदेव भट्ट, विज्ञानमा शैलेन्द्र चन्द र कृषिमा सुशील न्यौपानेलाई नियुक्त गरेको थियो ।

जसमा कांग्रेस, एमाले, माओवादी केन्द्र निकट प्राध्यापक संगठनबाट २र२ र एकीकृत समाजवादी निकट संगठनबाट एक जना परेका छन् । विश्वविद्यालयले हालै नियुक्त गरेका १५ जना क्याम्पस प्रमुखमा पनि कांग्रेस र एमाले निकटबाट ६र६ जना र माओवादी निकटका ३ जना परेका छन् ।

‘हामीले यही भागबण्डा अन्त्य हुनुपर्छ भनेर ताला लगाएका हौं,’ राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष प्रेम रावलले भने, ‘सेवा आयोगलाई निष्क्रिय बनाएर हरेक कुरा भागबण्डामा नियुक्त गर्ने काम बन्द गर्नुपर्छ ।’ उनका अनुसार केन्द्रीय कार्यालयमा ताला लगाएको १६ दिनसम्म विश्वविद्यालयले छलफलका लागि समेत चासो दिएको छैन ।

राजनीतिक भागबण्डाका आधारमा नभई सेवा आयोगबाट नियुक्त गरिनुपर्ने माग गर्दै ताला लगाएको अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष अमर धानुकले बताए ।

२०७७ मा पनि विश्वविद्यालयले कुनै पनि पदमा राजनीतिक भागबण्डाका आधारमा नियुक्ति नगर्ने सहमति गरेको तर कार्यान्वयन नगरेको उनको आरोप छ । अनेरास्ववियूले केन्द्रबाटै शैक्षिक संस्थामा ताला नलगाउने नीति अन्तरगत ताला खोलिएको र विश्वविद्यालयसँग पनि राजनीतिक भागबण्डाका आधारमा नियुक्ति नगर्ने सहमति भएको अध्यक्ष धानुकले बताए ।

विश्वविद्यालयले गरेको नियुक्तिप्रति असन्तुष्टि देखिएको पहिलो पटक होइन । यसअघि पनि विभागीय प्रमुखदेखि सहायक डीनलगायत नियुक्त गर्दा पनि विद्यार्थी संगठनहरुले महिना दिनसम्म ताला लगाएका थिए । २०७७ मा विद्यार्थीको तालाबन्दीका कारण दीक्षान्त समारोह समेत प्रभावित भएको थियो ।

विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले विद्यार्थी संगठनहरुले विभिन्न माग राखेर गरिएको तालाबन्दीका विषयमा छलफल भइरहेको बताए । अनेरास्ववियूसँग छलफल गरेरै ताला खोलिएको र राप्रविससँग पनि छलफल गरेर ताला खोलिने उनले बताए ।

‘हामीले ज्येष्ठता र क्षमताका आधारमा विभागीय र क्याम्पस प्रमुख नियुक्त गरेका हौं,’ रजिष्ट्रार पाठकले भने, ‘कहीकतै भागबण्डा भएको छैन ।’ ०६८ मा स्थापना भएको विश्वविद्यालयले एक वर्षपछि प्रशासनिक कामकाज सुरु गरेको थियो ।

०६९ मंसिरदेखि तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसलाई (हालको केन्द्रीय क्याम्पस) विश्वविद्यालयमा समायोजन गरि पठनपाठन सुरु गरिएको हो । स्थापना भएको १२ वर्षमा पटकपटक गरि केन्द्रीय कार्यालयमा ८ सय भन्दा बढी दिन तालाबन्दी भएको छ । सामान्य विवाद वा असहमतिमा पनि कहिले प्राध्यापक संगठन त कहिले विद्यार्थी संगठनले तालाबन्दी गर्दै आएका हुन् ।

यसैबीच मंगलबार विश्वविद्यालयको ११ औं सभा काठमाडौंमा सम्पन्न भएको छ । सभाले थप दुईवटा क्याम्पसलाई आंगिक बनाउने निर्णय समेत गरेको छ । बैतडीको गोकुलेश्वरस्थित कृषि क्याम्पस र कञ्चनपुरको बेलौरीस्थित महाकाली बहुमुखी क्याम्पसलाई आंगिक बनाउने निर्णय भएको रजिष्ट्रार पाठकले बताए ।

योसँग सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसको संख्या २८ पुगेको छ । यसअघि पटकपटक आंगिक भएका क्याम्पसको दरबन्दी स्वीकृत गर्नेदेखि मिलानको काम बाँकी छ । ०७४ मा आंगिक भएका ६ र गत चैतमा आंगिक भएका ५ गरि ११ क्याम्पसको दरबन्दी अझै स्वीकृत हुन सकेको छैन ।

०७० मै आंगिक बनाएका १५ क्याम्पसको दरबन्दी पनि अझै मिलान हुन सकेको छैन । ०७४ मा आंगिक भएका ६ क्याम्पससँग ०७५ मा सम्झौता समेत भइसकेको छ । तर अझै दरबन्दी स्वीकृत हुन सकेको छैन । पछिल्लो पटक आंगिक भएका क्याम्पससँग सम्झौता हुन बाँकी छ । कान्तिपुरबाट

 

  • तालाबन्दी
बुधबार, साउन १७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.