• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १०, २०८३
☰
शनिबार, असोज १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ७. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

सुदूरपश्चिममा एक हजार छ सयमा डेङ्गु सङ्क्रमण, तीनको मृत्यु

  •   बुधबार, साउन १७, २०८० मा प्रकाशित

कैलाली – सुदूरपश्चिम प्रदेशमा डेङ्गुबाट एक हजार छ सय बढीमा सङ्क्रमण भएको छ। सन् २०२२ र २०२३ मा गरेर एक हजार छ सय १४ जनामा सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले जनाएको छ।

यस प्रदेशमा सन् २०२३ को सुरुआतदेखि हालसम्म तीन सय २५ जनामा सङ्क्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।

उनका अनुसार सबैभन्दा बढी पहाडी जिल्ला दार्चुलामा एक सय ९१ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ। त्यस्तै कञ्चनपुरमा ५७, अछाममा ३१, कैलालीमा २४, बझाङमा छ, बैतडीमा पाँच, डोटीमा पाँच, बाजुरामा चार र डडेल्धुरामा दुई जनामा सङ्क्रमण देखिएको हो। सङ्क्रमणका कारण यस वर्ष मृत्यु भने शून्य छ।

यसअघि गत वर्ष यस प्रदेशमा एक हजार दुई सय ८९ जनामा सङ्क्रमण देखिएकामा तीन जनाको मृत्यु भएको थियो। लामखुट्टेको टोकाइबाट हुने डेङ्गु गर्मी र वर्षात्को समयमा हुने भएकाले बिरामीको सङ्ख्या बढ्दै गएको जोशीले बताए। उनले भने, ‘गर्मी र वर्षात्मा सङ्क्रमण बढी देखिने गरेको छ। असोजसम्म बढी जोखिम हुन्छ।’

जोखिम कम गर्न निर्देशनालयले प्राविधिक सहजीकरण, कीट आपूर्ति र बिरामी व्यवस्थापनमा सहयोग गर्ने गरेको छ। स्थानीय तहहरूले उक्त रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेका जोशीले बताए।

तराईका जिल्लामा बढी हुने डेङ्गु सङ्क्रमण पछिल्लो समय पहाडमा पनि फैलिँदै गएको छ। निर्देशनालयको तथ्यांकले पहाडी जिल्लामा पनि डेङ्गुको जोखिम बढेको देखिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

तराईबाट लामखुट्टे पहाड उक्लिएकाले पहाडमा पनि जोखिम बढेको छ। उनले भने, ‘लामखुट्टे पहाडमा पनि देखिन थालेपछि पहाडी जिल्लामा पनि सङ्क्रमण बढ्दै गएको छ। पहाडी जिल्लामा पनि सङ्क्रमितलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था छ।’

वर्षातमा दैनिकरूपमा डेङ्गुका बिरामी बढ्दै गएपछि प्रदेशभरि डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टे नष्ट गर्ने र सरसफाइ अभियानका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ।

डेङ्गु भएमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण देखापर्ने गर्छन्।

यसका साथै गम्भीर प्रकृतिको डेङ्गु सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, श्वास फेर्न गाह्रो हुने, पेट तथा खुट्टा सुनिनेजस्ता लक्षण देखापर्ने निर्देशनालयले जनाएको छ।

  • डेङ्गु सङ्क्रमण
बुधबार, साउन १७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी
यस्तो छ आज देशभरको मौसम पूर्वानुमान
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप
भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा
बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति
दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

समाचार

सबै

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

यस्तो छ आज देशभरको मौसम पूर्वानुमान

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

यस्तो छ आज देशभरको मौसम पूर्वानुमान

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.